घृणा, तिरस्कार र नरसंहारको पिडाबाट माथि उठेको देश इजरायल

९ असोज, २०८३, शुक्रवार
सारांश
  • उनीहरू घृणा, अपमान, तिरस्कार र नरसंहारका अनेकौँ पीडाबाट उठेर अझ मजबुत र आत्मनिर्भर समुदायका रूपमा स्थापित भएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरिरहँदा (२४ सेप्टेम्बर) मा विभिन्न ७७ देशका सरकार प्रमुख तथा कुटनितिज्ञहरू अनुपस्थित भए, तीमध्ये अधिकांशले नेतान्याहूले सम्बोधन गरिरहदा उठेर हिडेका थिए। यो नौलो विषय होइन, विगतका वर्षहरूमा पनि यस्तै दृश्य देखिएको थियो। महासभाको सभाहल छोडेर बाहिरिदै गरेका प्रतिनिधिहरूलाई नेतान्याहूले शिर ठाडो परेर “यदि यो हलबाट अझै बाहिर ननिस्किएका अरू कुनै नैतिक कायरहरू छन् भने, कृपया अहिले नै बाहिर निस्कनुहोस्।” भनेका थिए।  यस्ता दृश्यलाई इजरायलप्रति ति देशहरूले देखाएको घृणा र अपमानको एउटा दृष्टान्तका रूपमा लिन सकिन्छ।

 

विगत केही दशकयता इजरायल र यहूदी समुदायविरुद्ध विश्वभर, विशेषगरी इस्लामिक देश, अधिकांश युरोपका देशहरू तथा वामपन्थी राजनीतिक वृत्त (सरकार तथा संगठन) समूहहरूबाट, यस्ता गतिविधिहरू हुँदै आएका छन्।

 

इसाई र इस्लाम मतको उदयपछि यहूदी समुदायले शुरुवातदेखि विभिन्न कालखण्डमा उत्पीडन, हिंसा र नरसंहारको सामना गर्दै आएको इतिहास साक्षी छ। दोस्रो विश्वयुद्धको समयमा हिटलरको नाजी शासनले करिब ६० लाख यहूदीको नरसंहार गरेको थियो। रोमन साम्राज्यमा ईसाई मतको विस्तारदेखि, क्रुसेडको युद्ध हुँदै १६ औं शताब्दीको गेटोज, हिटलरले गरेको नरसंहारको घटना र नोस्त्रा एताते (सन् १६६५) देखि ३ वर्ष पहिले ७ अक्टोबरमा चाडपर्व मनाईरहेका इजरायलीहरू बिरुद्ध आतंककारी संगठन हमासद्वारा गरिएको आक्रमण सबै यहुदी समुदाय बिरुद्धको नश्लीय आक्रमण हो।  

 

यी सबै घटनामा विश्वको एक खेमा सधैं मौन रहन्छ, यहुदी समुदायले भोगेको विगत २००० वर्ष यताको नरसंहारको बारेमा अनविज्ञ झैं भएर बरु उनीहरू बिरुद्ध जाईलाग्ने आतंकारी समुहहरूकै समर्थनमा उभिन्छन र आफुलाई मानवताको पक्षधर भएको घोषणा गर्दछन। यस्तो वैचारिक झुट लेफ्ट-लिबरल तथा इस्लामोवामाले स्थापित गरेको हालसम्मकै घृणित भाष्य मध्येको एक हो।  यो भाष्य युरोप, अमेरिका हुँदै नेपालसम्म फैलिएको छ।  यस्ता भाष्यका समर्थकहरू जानेर नजानेर हिंस्रक आततायी समर्थक र मानवताका प्रधान शत्रु हुन्।  

 

निरन्तरको उत्पिडन, नरसंहार र हिंसाका घटनाहरूले आफ्नो मुल भुमि ईजरायलबाट मात्रै होइन युरोपका विभिन्न देशमा छरिएर रहेका यहुदी समुदायलाई पटक पटक विस्थापित गरियो, लखेटियो। कुनै समय आजको इजरायल, जोर्डन, ईजिप्टको उत्तर पूर्वी भाग, ईराक, साउदी अरबको उत्तरी क्षेत्र, लेबनान र सिरियाको अधिकांश भूभाग प्राचिन यहुदीहरूको मूल भुमि थियो।  तर जब इसाई र ईस्लाम मतको विस्तार हुन थाल्यो तव यहुदीहरूलाई उनीहरूकै मुल भूमिबाट विस्तापित गर्ने क्रम शुरु भयो। यहुदी समुदाय बिरुद्धको घृणाको भाव र यातना हालसम्म पनि चलिरहेकै छ।  

 

सन् १९४८ मा इजरायल राज्यको स्थापना भएपछि यहूदीहरूले आफ्नो ऐतिहासिक तथा मूल भूमिमा पुनः संगठित भएर राष्ट्रका रूपमा अस्तित्व कायम गर्ने अवसर पाए। यो यहूदी समुदायले लामो समयदेखि भोग्दै आएको उत्पीडन र नरसंहारको पीडामाथि लगाइएको एउटा सानो मल्हमजस्तो मात्र थियो। तर त्यसयता पनि यहूदी समुदाय र इजरायलको अस्तित्वलाई चुनौती दिने गतिविधिहरू संसारका विभिन्न भागमा जारी नै छ।

 

ईजरायल देश घोषणा भएकै दिन देखि हालसम्म उसले आफ्नो अस्तित्व रक्षाको लडाई लडिरहेको छ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहुले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गरिरहदा उठेर हिडनेहरू यहुदी समुदायको अस्तिव देख्न नचाहनेहरू हुन्।

 

तथापि, आजको दिनमा इजरायल र यहूदी समुदायलाई संसारको कुनै पनि शक्तिले सजिलै कमजोर बनाउन सक्ने अवस्था छैन। उनीहरू घृणा, अपमान, तिरस्कार र नरसंहारका अनेकौँ पीडाबाट उठेर अझ मजबुत र आत्मनिर्भर समुदायका रूपमा स्थापित भएका छन्। आज सिंगो विश्वले उपभोग गरिरहेको विज्ञान, सुचना-प्रबिधि आदिमा यहुदी समुदायको महत्वपुर्ण योगदान छ।  पिडा र अभावबाट उठेका यहुदीहरू आज विश्वका समृद्ध समुदायको रुपमा उदाएका छन्। आज यहुदी समुदाय नहुने हो भने बाँकी विश्वले प्रबिधि र विज्ञानमा धेरै पछाडी हुने थियो।

 

इजरायल एकै पटक छ वटा देशलाई युद्धमा हराउने सामर्थ्य राख्ने भएका छन्। यहुदी समुदाय र इजरायल बिरुद्ध घृणा गर्नेहरूलाई नै अप्ठ्यारो पर्दा आफ्नो सुचना र प्रविधिले जोगाउन सक्ने क्षमता राख्न सक्ने भएका छन्। यदि यहुदी समुदाय र इजरायलले प्रतिशोध लिने हो भने धेरैलाई यस विश्वमा अस्तित्व जोगाउन पनि असम्भव हुन सक्छ तर ईजरयल मानवता र शान्तिको पक्षमा उभिन्छ।  उसले आफूमाथिको अत्याचारलाई आक्रोश र प्रतिशोधमा होइन, बरु अझ माथि उठने प्रेरणाका रुपमा लिएको छ, त्यसैले त इजरायल सानो भएर पनि संसारकै शक्तिशाली राष्ट्रको रुपमा उदाएको छ।  

 

आज संयुक्त राष्ट्र संघमा देखिएको दृष्य भनौं वा न्युयोर्कका सडक र युरोपका देशहरूमा यहुदी समुदाय बिरुद्ध गरिने घृणा र यातनाले यहुदिहरूलाई सहजै कमजोर बनाउन सक्दैन। इजरायल र यहुदीहरू पिडाको जगमा उभिएका बलिया, सचेत र शिक्षित समुदाय हुन्।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप लेखहरु